दफा ८
प्रारम्भिक कारबाईको ठहर सम्बन्धी प्रतिवेदन पठाउनु पर्ने :
(१) प्रारम्भिक कारबाई चलाएको मितिले पन्ध्र दिनभित्र प्रारम्भिक कारबाई चलाउने अधिकारीले सो कारबाई पुरा गरी प्राप्त गर्न उपयुक्त देखिएको जग्गा यकिन गरी सो सम्बन्धी अन्य आवश्यक विवरण सहितको प्रतिवेदन यथाशीघ्र स्थानिय अधिकारी समक्ष पठाउनु पर्ने छ ।
(२) उपदफा (१) बमोजिम प्रतिवेदन पठाउँदा दफा ७ को उपदफा (२) बमोजिम निर्धारित क्षतिपूर्तिको रकम र नोक्सानीको सम्पूर्ण विवरण समेत उल्लेख गर्नु पर्नेछ ।